हेटौँडा/ नेपाल बिज्ञान तथा प्रबिधि-प्रतिष्ठान (नास्ट) को आयोजनामा शनिबारबाट हेटौंडामा बिज्ञान लेखन तालीम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको ब्यबस्थापनमा सुरु भएको तीनदिने तालिममा बिज्ञानका बिषय वस्तुलाई समाचार बनाउन सहज होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए ।
नास्टका सचिब महेश कुमार अधिकारीको सभाध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तालिमका प्रशिक्षक केदार शर्मा, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा हेटौंडाका २२ जना पत्रकारहरुको सहभागिता रहेकोे छ ।
सेयर गर्नुहोस्






















