हेटौँडा/ काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बिहानको समयमा चिसो बढ्दै गइहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्दै गरेकोले चिसो बढ्दै गएको छ । सोमबार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।
आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना रहेको छ ।
यस्तै, आज राति पनि देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
सेयर गर्नुहोस्