नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको लागि बागमती प्रदेशबाट अनन्त पौडेल प्रतिनिधि चयन

हेटौडा टुडे
२९ कार्तिक २०७८, सोमबार ०८:४४

हेटौँडा/ आगामी मंसिर १० देखि १२ गतेसम्म बागमती प्रदेशको चितवन जिल्लामा हुने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको लागि बागमती प्रदेशबाट प्रतिनिधि छनोट समपन्न भएको छ । बागमती प्रदेशबाट नेकपा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख मकवानपुरका अनन्तप्रसाद पौडेल सर्वसम्वत प्रतिनिधि छनोट भएका छन् ।

संविधानसभा सदस्यसमेत रहेका पौडेलले यो पटक केन्द्रीय सदस्यमा उम्मेद्वार दिने समेत बताएका छन् । २०४३ सालमा तत्कालिन माले मकवानपुरका सचिव रहिसकेका पौडेल पाँच वर्ष एमाले मकवानपुरका नेतृत्वको रुपमा काम गरेका थिए भने दुई कार्यकाल एमालेको नारायणी अञ्चल सचिव भएर कार्यभार सम्हालिसकेका छन् । खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*