हेटौंडा-१७ नम्बर वडाद्वारा भलिबल टिमलाई सम्मान

हेटौडा टुडे
२९ कार्तिक २०७८, सोमबार १४:५६

हेटौँडा/ गत फागुन १९–२२ मा हेटौंडामा भएको उपमेयर कपमा भलिबल प्रतियोगितामा विजेता हुने पुरुष टिम र उपविजेता हुने महिला टिमलाई हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयले सम्मान गरेको छ । हटिया स्पोर्टस् एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको अन्तिम दिन आइतबार वडा कार्यालयले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको हो ।

उपमेयर कप भलिबल प्रतियोगितामा १७ नम्बर वडाको पुरुष टिम प्रथम भएको थियो भने महिला टिम द्वितीय भएको थियो । वडा अध्यक्ष भैरव राई, नगर कार्यपालिका सदस्य शंकर राईले वडाको भलिबल टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई ट्र्याक सुटसहित सम्मानपत्र प्रदान गर्नुभयो । खेलाडीलाई प्रेरित गर्नका लागि प्रतियोगिता आयोजना भएको अवसरमा सम्मान गरिएको हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिनुभयो ।

स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको हटिया स्पोर्टस् एकेडेमीले महिला टिमबीच मैत्रीपूर्ण खेलको समेत आयोजना गरेको थियो । प्रतियोगिताको उद्घाटनको अवसरमा हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडाको महिला टिम र १७ नम्बर वडाको महिला टिमबीच मैत्रीपूर्ण खेल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*