ऋद्धिसिद्धिको खानीमा एक्साभेटरमा आगजनी र तोडफोड

हेटौडा टुडे
२९ कार्तिक २०७८, सोमबार २१:११

हेटौंडा । ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानीमा एउटा एक्साभेटरमा आगजनी भएको छ भने २ वटामा तोडफोड भएको छ। राक्सिराङ गाउँपालिका वडा ४ गिंगु मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किमा रहेको ३ वटा एक्साभेटर मध्ये प्रदेश ३-०१-००३ बा ५७३४ नम्बरको एक्साभेटरमा आगजनी हुदा पूर्णरूपमा क्षति भएको छ।

त्यसैगरी पार्किङ गरेको बा२ क ५८९ र बा३क ६९७ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । आगजनी र तोडफोड कस्ले  गर्यो भन्नेबारे अनुसन्धान भइरहेको  मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*