हेटौँडा/ सर्वोच्च अदालतमा मंगलबार पत्रकारहरुलाई प्रवेश गर्न रोक लगाएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारलाई सर्वोच्च प्रवेशमा रोक लगाईएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले प्रदर्शन गर्दै आएका छन् । न्यायाधीशहरुले पनि जबराको राजीनामा माग गरेका छन् । आन्दोलन तथा अदालतका अरु गतिविधिको समाचार संकलनका लागि गएका पत्रकारहरुलाई सोमबार पनि प्रवेशमा रोक लगाइएको थियो ।
नेपाल पत्रकार महासंघले सोमबार विज्ञप्ति निकालेर त्यसको विरोध गरेको थियो । तर मंगलबार पनि पत्रकारलाई अवरोध गरिएको छ ।
सेयर गर्नुहोस्






















