• मनहरी गाउँपालिका

एमाले नेता योगेश भट्टराई आज मनहरी आउने

हेटौडा टुडे
१ मंसिर २०७८, बुधबार ०९:३६

हेटौँडा/ मकवानपुरको मनहरीमा आज नेकपा एमाले प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराई आउने भएका छन् । बिहीबार नेकपा एमाले मनहरीको गाउँ कमिटीको सपथ ग्रहण गराउन भट्टराई बुधबार मनहरीमा आउने कार्यक्रम तय भएको नेकपा एमाले मकवानपुरले जनाएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जानकारी दिन बुधबार चितवनमा आयोजना हुने पत्रकार सम्मेलनपश्चात भट्टराई मनहरी आउने एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले बताए ।

एमाले मनहरीमा सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*