हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै, बिहीबार पनि देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । शुक्रबारदेखि भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
सेयर गर्नुहोस्






















