हेटौँडा/ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश राणाले बुधबारका लागि ९ इजलास गठन गरेका छन् । ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ। राणाको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् ।
संवाद र वार्ताबाट समाधान खोज्न राणाले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै राणाकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् ।कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर राणाको राजीनामा मागिएको हो ।
सेयर गर्नुहोस्