कांग्रेस मकवानपुरगढी : ताला तोडेको प्रति आपत्ति

टुडे संवादाता
२ मंसिर २०७८, बिहीबार ११:३५

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढीले गाउँपालिकाको कार्यालयमा लगाएको ताला तोडेको प्रति कांग्रेस मकवानपुरगढीले आपत्ति जनाएको छ । गाउँपालिकाको कार्यशैलीप्रति आपति जनाउँदै र आफ्ना मागहरु सम्बोधन नभएको भन्दै काँग्रेस मकवानपुरगढीले पत्रकार सम्मेलन गरि हिजो पालिकामा तालाबन्दि गरेको हो ।

स्थानिय सरकारले जनताको हितका निमित्त कामहरु नगरी विभिन्न शीर्षकमा कर थुपारी राजस्व संकलन गर्ने नाममा खोलाको गिट्टी बालुवा झिकेर नीति नियम विपरित बिक्री गरेको र नदिजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरण अनियमित गरेको पाईकाले खबरदारी गर्दा पनि आठ महिना बितिसक्दा गाउँपालिकाले बेवास्ता गरेको र पालिकाले सत्यतथ्य खबर बाहिर सार्वजानिक नगरी अधिनायकबाद लाद्ने खेलमा लागेर गुपचुप तवरले आफ्नो कार्य अगाडी बढाएकोले ताला लगाइएको  सभापति राजविर मुक्तानले बताएका छन । मुक्तानले हिजोे प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाले कुनै सम्बोधन नगरी प्रहरी प्रशासनको आडमा ताला तोड्ने कार्य गरेकोले त्यसप्रति आपत्ति रहेको प्रेस विज्ञप्ती मार्फत जानकारि गराएका छन

हेर्नुहोस प्रेस विज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*