अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा प्रहरीसँग एकदिने अन्तरक्रिया

हेटौंडा टुडे
२ मंसिर २०७८, बिहीबार १२:५०

हेटौँडा/ बालअधिकार, बालसंरक्षण, बालमैत्री सेवा प्रवाहमा नेपाल प्रहरी एवं बालहेल्पलाइन १०९८ को भुमिका विषयमा एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । बुधबार हेटौंडामा २० नोभेम्वर अर्थात अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सिविन नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा अन्तरक्रिया भएको थियो ।

बालअधिकार, बाल संरक्षण, बाल विवाह, अनलाईनमा बालबालिकाहरुको प्रयोग एव दुरुपयोग, बालबालिकाहरुको उद्धार, संरक्षण, परामर्श, पुर्नस्थापना, शारीरिक दण्ड, हिंसा, यौनदुब्र्यवहार, हराएका तथा फेला परेका बालबालिकाहरुको सन्र्दभमा कसरी बालहेल्पलाइन १०९८ र नेपाल प्रहरीसँग समन्वय गरि कार्य गर्दा प्रभावकारी हुन्छ भन्ने सन्दर्भमा प्रहरीसँग अन्तरक्रिया भएको बाल हेल्पलाइन जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताउनुभयो ।

मकवानपुर जिल्लामा सिविन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषदको सहकार्यमा सिविन नेपालले संचालन गरेको बालहेल्पलाइन संचालन कार्यविधि २०७६ को बारेमा समेत उहाँले जानकारी गराउनुभएको थियो । प्रहरी र बालहेल्पालाइनको समन्वयमा विगतमा भएका बालबालिकाका घटनाकाको सन्र्दभमा समेत छलफल भएको थियो । पछिल्लो समयमा बालबालिकाहरु कसरी सामाजिक संजालको लतमा परि समस्यामा परेका छन र सामाजिक संजालको दुरुपयोगका कारण दुब्र्यवहार, बालविवाह तथा विद्यालय समेत जान छोडि कुलतमा फसेका विषयमा सहभागि विचमा छलफल गराइएको थियो ।

अन्तरक्रियामा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले सहभागिहरुले बालअधिकार तथा बालसंरक्षणका विषयमा धेरै बुझ्ने अवसर मिलेको र यस अवसरलाइ ब्यवहारमा लागु गर्न अनुरोध गर्नुभयो । उहाँले आगामी दिनमा बालबालिकाको क्षेत्रमा बालहेल्पलाइनसँग थप सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ४५ जना विभिन्न दर्जाका प्रहरी कर्मचारीको उपस्थिति थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*