क्षेत्रीय सभापतिका उम्मेदवार बानियाँको चुनावी अभियान तिब्र

हेटौडा टुडे
२ मंसिर २०७८, बिहीबार १५:१३

हेटौँडा/ १४ औं महाधिवेशन अन्तरगत वडा र पालिका अधिवेशन पुरा गरेको नेपाली कांग्रेस मकवानपुरमा क्षेत्रीय अधिवेशनको सरगर्मी बढेको छ । मकवानपुरमा रहेका २ संघीय निर्वाचन क्षेत्र अन्तरगतका ३ प्रदेश क्षेत्रीय समितिका उम्मेदवारहरु अहिले चुनावी अभियानमा छन् ।

बुधबार साँझ कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख को क्षेत्रीय कार्य समितिको निर्वाचनमा कांग्रेस युवा नेता राजेश बानियाँ र युवा व्यवसायी रमेश ध्वज कार्की गरी दुई जनाको चर्चा छ । हेटौंडा–५ को वडा अध्यक्षमा निर्वाचित भई जनताको मन जित्न सफल बानियाँले प्यानलसहित उम्मेदवारी घोषणा गरेर आफ्नो चुनावी अभियान तिब्र पारेका छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो आक्रमक प्रचारलाई अघि बढाएका छन् भने क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट र फोन सम्पर्क बढाईरहेका छन् । बानियाँ नेतृत्वको प्यानलका सबै आफ्नो प्यानल जिताउन मत माग्ने र प्रचारप्रसारमा जुटेको सचिवका उम्मेदवार प्रदिप कँडेलले जानकारी दिए । उनका अनुसार कांग्रेसजनबाट बानियाँको टिमलाई सकारात्मक प्रतिक्रिया आईरहेको छ ।

हेटौंडा नगरसभापति उत्सव इटेनी पनि बानियाँको टिम घोषणा कार्यक्रममा देखिएका थिए । बानियाँलाई कांग्रेसका अग्रज र युवाहरुको साथ रहेको जनाईएको छ । प्रदेश अधिवेशन ४ वटै क्षेत्रमा मंसिर ३ गते हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*