दाङमा यात्रुबहाक बस दुर्घटना, २९ जना घाइते

टुडे संवादाता
२०७८ मंसिर ५, आईतवार १२:३७ गते

दाङ। दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ००–००१ ख् ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ ।

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ ।
घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*