एमाले महाधिवेशनका लागि १,९०३ प्रतिनिधि चयन

टुडे संवादाता
२०७८ मंसिर ५, आईतवार १७:४८ गते

काठमाडौं/नेकपा (एमाले)को महाधिवेशन लागि १,९०३ प्रतिनिधि चयन भएका छन् । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पदेन र मनोनित गरी १९०३ प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको जानकारी दिए ।

अब ५ प्रतिशत प्रतिनिधि मनोनयन हुन बाँकी छ । एमालेले कार्तिक २६ गते एकै साथ प्रतिनिधि चयन गरेको थियो । कार्तिक ३० गतेभित्र पार्टी कार्यालयमा विवरण पुर्‍याइसक्न निर्देशन गरिए पनि हाल भने निर्वाचित प्रतिनिधिको विवरण कार्यालयमा आइपुगेको उनले बताए ।

“पदेनहित र निर्वाचित सहित १९०३ को विवरण प्राप्त भइसक्यो । अब मनोनित बाँकी छ । ५ प्रतिशत मनोनयन हुँदा १९९९ भन्दा केही थपघट हुन सक्छ,” उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*