हेटौँडा/ प्रदेश युवा परिषद् बामगती प्रदेशले चितवनमा आयाजना गरेको २ दिने आत्मरक्षा तालिम सोमबार सम्पन्न भएको छ । नेपाल सेल्फ डिफेन्स संघकी वरिष्ठ प्रशिक्षक राधिका ऐर हमाल, सहायक प्रशिक्षक डिलकुमारी नेपाल, खुश माया काउचाले प्रशिक्षण दिएका थिए । चितवनको राप्ती नगरपालिकामा सञ्चालीत २ दिने महिला आत्मरक्षा तालिमको उद्घाटन बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल एवम् प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले प्रमाणपत्र वितरण गरेका थिए । तालिममा ३५ जना सहभागी भएको कार्यक्रम संयोजक युवा परिषद् बागमती प्रदेशका सदस्य केदार आचार्यले जानकारी दिए ।
सेयर गर्नुहोस्






















