हेटौंडामा निशुल्क शब बहान सेवा प्रभाबकारी बन्दै

हेटौंडा टुडे
२०७८ मंसिर ७, मंगलवार ०९:३६ गते

हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको निशुल्क शबबहान सेवा प्रभाबकारी बन्दै गएको छ । दाहसंस्कार गर्नका लागि सडकमा खाली गोडा हिडेर आर्यघाट सम्म लैजानुपर्ने नगरवासीको बाध्यतालाई मध्यनजर गरेर शवबहानको सेवा दिइएको छ । सेवा सुरु गरेदेखि हाल सम्म ५० वटा सव निशुल्क रुपमा ओसारपसार गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।

बिशेषगरी हेटौंडा अस्पतालमा पोष्टमार्टम गर्न ल्याउनुपर्ने प्रकृतिका शवहरु शवबहानले बोकेको छ । कालगतिले मृत्यु भएकाहरुलाई पनि शवबहानले बोक्दै आएको छ । शवबहानको सेवा निशुल्क रुपमा आवस्यक पर्ने वित्तिकै प्रयोग गर्नपनि मेयर महतले आग्रह गरेका छन । मकवानपुरको बिभीन्न गाउँपालिकामा आत्म हत्या गरेर मृत्यु भएकाहरुको शव पनि अस्पताल सम्म निशुल्क रुपमा ल्याउने गरिएको मेयर महतले बताए ।

पहिले मकवानपुरको बिभीन्न गाउँपालिका र उपमहानगरपालिका क्षेत्रमा लडेर, डुवेर, झुण्डीएर, विष सेवन गरेर मृत्यु भएमा गाउँका ट्याक्टरमा ल्याउनुपर्ने अथवा बोकेर ल्याउनुपर्ने बाध्यता थियो । अहिले भने यो समस्या छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*