हेटौंडा । मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले आज मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । संस्थाले संचालन गर्न लागेको दुग्ध प्रशोधन तथा उत्पादन उद्योग उप-आयोजनाको बारेमा जानकारी दिने उदेश्यले सस्थाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो
संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले सार्वजनिक गरेेेेको प्रतिबेदनमा यो सहकारी हाल १ रोपनीमा रहेको छ । सहकारीमा ४ हजार पाँचसय लिटर क्षमताका २ वटा चिलिङ्ग भयाट , प्रती घण्टा १ हजार लिटर चिस्यान क्षमताको आईबिटी तथा चिलिङ्ग प्लेट , तिनसय लिटरको सोलार हिटर लगायतका सम्पत्तिहरु रहेको प्रतिवेदनमा मार्फत सार्वजनिक गरिएको थियो । संस्थाको २०७६/०७७ आषाढ मसान्तसम्ममा कम्प्युटर , मेशिन उपकरण , भवन जग्गा समेतको ह्रास कट्टी गरि ८४ लाख ४४ हजारको सम्पत्ति रहेको जानकारी गराईएको थियो । संस्थाले आव २०७६/०७७ मा दुध तथा अन्य कारोबारबाट ३८ लाख ५३ हजार शुद्ध नाफा कमाएको आजको कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बतााउनु भयो ।
सहकारी संस्थाले हाल करिब ४ सय किसानहरूबाट दैनिक ४३ सय लिटर दुध उत्पादन गरिरहेको छ । संस्थाले हाल कृषकहरूलाई कृषक हितकोषको ब्यवस्था , खाद्य तथा पशुआहार बिक्री , उपभोक्ता पसल , आफ्नै प्राविधिक सहित पशु औषधि पसल संचालन सहित बचत तथा ऋण को काम गरिदै आएको छ । किसााानबाट संकलन गरिएको दुुुधबाट सहकारीले पाश्चुराईज दूध , दहि , घ्यु , पनिर , खुवा लगायतका दुधका परिकारहरु उत्पादन हुनेछन् । उप-आयोजना संचालनका लागि संस्थाले २७.४% अर्थात् ६३ लाख ३१ हजार सातसय एकानब्बे , बैंक तथा वित्तीय संस्थाबाट ३०% अर्थात् ७० लाख तथा आयोजनाको पुरक अनुदान ४२.८६% अर्थात् १ करोड रुपैया गरि १००% अर्थात् २ करोड ३३ लाख ३१ हजार ७९१ रुपैयाँ कुल लागत रहनेछ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षता भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पपन्न भएको थियो । कार्यक्रमका विशेष अतिथिमा नेपाल सरकार , कृषि तथा पशुपंछी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडाका प्रमुख डाक्टर बिदुर गौतम ,घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहाल लगाएतका को उपस्थिति रहेको थियो






















