हेटौंडा/हेटौंडा ९ स्थित पशुपतिनगरमा रहेको सामुदायिक सेवा केन्द्र मकवानपुरले प्रष्टखबर डटकमका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी सहित ४ पत्रकारलाई सम्मान गरेको छ ।
सेवा केन्द्रको शनिबार सम्पन्न १७ औ वार्षिक साधारणसभा तथा सातौं अधिवेशन मार्फत शिवाकोटी सहित,पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर, ग्यालेक्सी टिभीका बागमती ब्यूरो प्रमुख देवराज पन्त र सञ्चारकर्मी आशिष खतिवडालाई केन्द्रको गतिविधिलाई जनतामाझ पुर्याउन उल्लेखनीय योगदान गरेको भन्दै गरेको हो ।
केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षता एवम मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मकवानपुरका ४ पत्रकारलाई कदरपत्रले सम्मान गरेको हो। साथै केन्द्रले संस्थापक उपध्यक्ष सहित,सहयोग पुर्याउने विभिन्न संघ संस्था र व्यक्तिलाई सम्मान गरेको थियो।






















