हेटौँडा/ परोपकार युवा संजाल नेपाल र दारी ग्याङ हेटौंडाको सहकार्यमा शनिबार चितवन रत्ननगर-४ श्री राष्ट्रिय आधारभुत बिद्यालय देबौलिमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । करिब ६४ जना बिद्यार्थिलाई शैक्षिक सामाग्रीहरू अन्तरगत स्कुल व्याग , कपि, कलम , पानी पिउने बोतल र खाजाको लागि सहज होस् भनेर खाजा खाने टिफिन बक्स पनि बितरण गरिएको थियो । उक्त कार्यक्रममा माता लक्ष्मि सप्लायर्सले १८ पिस पानी पिउने बोतल सहयोग गरेको थियो ।
यस्तै, चितवनमा अवस्थित सिद्धि छात्रबासमा पनि खाद्यान्न अभाव भन्ने खबर सुनेर परोपकार युवा संजाल नेपाल र दारी ग्याङ हेटौँडाको समूहबाट खाद्यान्न बितरण गरिएको थियो । उक्त छात्रबासमा ४० जना बालबालिका बस्दै आएका थिए ।
सेयर गर्नुहोस्






















