हेटौँडा/ मौसममा सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै राति देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा अहिले बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले देशका पहाडी भू-भागमा आंशिक बदली र पहाड तथा तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।
सेयर गर्नुहोस्






















