मकवानपुरमा मंसिर १७ देखि मतदाता नामावली संकलन गरिदैँ

हेटौडा टुडे
१३ मंसिर २०७८, सोमबार १७:१६

हेटौँडा/ मकवानपुमा दुई चरणमा मतदाता नामावली संकलन गरिने भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जिल्लाको १० वटै स्थानीय तहमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सञ्चालन’ गर्न लागेको हो । १८ वर्ष पुरा भएको मतदातामा नामवलीमा नाम नभएकाहरुको संकलन कार्य संचालन गर्न लागिएको कार्यलयले जनाएको छ ।

आज जिल्ला प्रशासन कार्यलयमा राजनीतिक दलहरु,सुरक्षा निकायका प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै कार्यलयले यहि मंसिर १७ गते देखि पुष २ गते सम्म पहिलो चरण र पुष ५ गते देखि माघ ५ गतेसम्म दोस्रो चरणमा संकलन गरिने जानकारी दिएको छ ।

पहिलो चरणमा मकवानपुरगढी,भीमफेदी,इन्द्रसरोबर,मनहरी र बकैया गाउँपालिकामा मतदाता नामावली संकलन कार्यक्रम गरिने र दोस्रो चरणमा भने जिल्लाको बागमती,राक्सिराङ,कैलाश गाउँपालिका,थाहा नगरपालिकामा कार्यक्रम तय भएको जानकारी दिईएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपलिकामा भने जिल्ला प्रशासन कार्यलय र प्रदेश निर्वाचन कार्यालय हेटौंडामा आएर नामावली दर्ता गर्न सकिने कार्यलयले जनाएको छ ।

कार्यलयका अनुसार जिल्लामा २०७८ कात्तिकसम्म २ लाख ८० हजार १८१ जना मतदाता रहेका छन् जसमा १ लाख ४२ हजार ७०३ जना पुरुष,१ लाख ३७ हजार ४७२ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् । अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा भएको थियो । खबरब्रेकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*