माओवादीले अब समाजवादको आन्दोलन गर्ने

हेटौंडा टुडे
१४ मंसिर २०७८, मंगलवार ०८:३२

हेटौँडा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले १० वर्ष जनयुद्ध सफल भएसँगै अब समाजवादको आन्दोलन गर्ने भएको छ । नेपालको आर्थिक, सामाजिक विकासको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा समाजवाद आन्दोलन गर्ने तयारी पार्टीले गरिरहेको माओवादी केन्द्र धादिङ इन्चार्ज, केन्द्रिय सदस्य एवं बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ ।

माओवादीले जनयुद्ध लडेर ल्याएको नेपालको गणतन्त्र, संविधान जोगाउन माओवादी शक्तिशाली बन्नुपर्ने उहाँले बताउनुभयो । माओवादीले ल्याएको व्यवस्था एमालेलाई नचाइएको भन्दै केपि ओलि राजतन्त्र फर्काउने तर्फ लागेको उहाँले बताउनुभयो । एमालेको उठबस अब राजतन्त्र चाहने सँगमात्रै भएको भन्दै जम्कट्टेलले एमाले अध्यक्ष केपि ओलि हालसम्मकै असक्षम र नालायक भएको टिप्पणी गर्नुभयो ।

हेटौंडा उपमहानगरको प्रथम उपमहानगर सम्मेलनको उद्घाटन गर्दै जम्मकट्टेलले आगामी निर्वाचन केन्द्रित भएर संगठनको काम गर्न निर्देशन दिनुभयो । सोमबार बसेको प्रथम उपमहानगर सम्मेलनको बन्द सत्रको बैठकले ७१ सदस्यीय नगर सदस्य चयन गरेको छ । नगरको पदाधिकारी भने मंगलबार मात्र चयन हुने माओवादी केन्द्र हेटौंडा उपमहानगरका इन्चार्ज विकेक राईले जानकारी दिनुभयो । कार्यक्रममा माओवादी मकवापनुर संयोजक प्रेम बहादुर पुलामि, प्रचार प्रसार विभाग प्रमुख कमान सिं प्राख्रिन, बामगती प्रदेश सभा सदस्य ओम ग्लान, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, हेटौंडा १२ वडा अध्यक्ष ललित घलान लगायतले बोल्नुभएको थियो । समृद्व समाजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*