एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन : अध्यक्ष थापा

हेटौंडा टुडे
२०७८ मंसिर १५, बुधबार १६:४५ गते

हेटौँडा/ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताएका छन् । बुधबारदेखि सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन । एउटा चुनावमा असफल हुँदैमा राप्रपा कमजोर भयो भन्ने हिन भावना कसैले राख्नु हुँदैन ।’

त्यस्तै अध्यक्ष थापाले पार्टी एकता कायम गर्न नसक्नुमा आफू नैतिक जिम्मेवार रहेको भन्दै क्षमासमेत मागेका छन् । अन्य राजनीतिक दलहरुको आरोप अवरोह पनि देखेको भन्दै राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावले नलेख्ने अध्यक्ष थापाको भनाइ छ ।

यसका साथै अध्यक्ष थापाले कमजोरी भएको स्वीकार गर्दै निर्वाचनको बेला पार्टी फुटेको र कांग्रेससँग इमान्दार सहकार्य नभएको बताए । साथै १५६ निर्वाचन क्षेत्रमध्ये ५ वटामा मात्र उम्मेदवार उठाउनु र १६० वटामा उम्मेदवार खडा नगर्नु नै आफूहरुको ठूलो गल्ती रहेको उनको भनाइ थियो ।

त्यस्तै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २२५ वटामा उम्मेदवार खडा नगर्नु अर्को भूल रहेको उनको बताए । राप्रपाले दुई लाख, राप्रपा संयुक्त र राप्रपा राष्ट्रवादीले भण्डै एक लाख भोट पाएको उनले स्मरण गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*