कांग्रेस बागमती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी घोषणा

हेटौंडा टुडे
१६ मंसिर २०७८, बिहीबार १०:२९

हेटौँडा/ नेपाली कांग्रेस बागमती प्रदेशको मंसिर १६ देखि १८ सम्म हेटौंडामा हुन लागेको प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् । शेरबहादुर देउवा पक्षबाट कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदिशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधान रहेका छन् ।

अधिवेशनमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्नेछन् । पहिलो पटक प्रदेश अधिवेशन हुन लागेकाले यसलाई कांग्रेसका नेता कार्यकर्ताले महत्वका साथ हेरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*