एमाले केन्द्रीय सदस्य निर्वाचित भएकालाई मकवानपुर एमालेको सम्मान

हेटौंडा टुडे
२०७८ मंसिर १६, बिहीबार १५:१५ गते

हेटौँडा/ आज हेटौंडा-५ स्थित एमाले मकवानपुरको पार्टी कार्यलयमा भएको कार्यक्रममा अध्यक्ष बद्री लम्सालले टिका,खादा तथा डायरी प्रदान गरेर केन्द्रीय सदस्यहरुलाई सम्मान गरेका हुन् ।

यसैगरि,नगर अध्यक्ष शाालिकराम पुडासैनीले निर्वाचित केन्द्रीय सदस्यहरुलाई फोटो सहितको फ्रेम प्रदान गरे । १० औं राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका रामेश्वर राना,कृष्ण प्रसाद दाहाल,जुनेली श्रेष्ठ र भारती पाठक निर्वाचित भएका थिए ।

सम्ममान कार्यक्रममा नेकपा एमाले बागमती सदस्यहरु,जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु,नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु लगाएत विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*