कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन उदघाटन

हेटौंडा टुडे
२०७८ मंसिर १६, बिहीबार १५:१८ गते

हेटौँडा/ नेपाली कांग्रेस बागमती प्रदेशको ऐतिहासिक प्रथम अधिवेशन उदघाटन भएको छ। कांग्रेस नेता तथा अधिवेशन बागमती प्रदेश संयोजक तथा पुर्व उप-सभापति प्रकाशमान सिंहको सभाध्यक्षतामा भएको उदघाटनलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उदघाटन सहित अधिवेशन सुरुवात भएको घोषणा गरेका थिए।

कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन प्रदेशको राजधानी हेटौंडाको वन विज्ञान खेल मैदानमा बिहीबारबाट सुरु भएको हो। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ।

उदघाटन शत्रमा कांग्रेस सह-महामन्त्री प्रकाश शरण महत,पुर्व मन्त्री एवम कांग्रेस नेता राजन केसी,केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना,कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।मंसिर १८ गते ९शनिबार० सम्म चल्ने अधिवेशनमा करिब १९ सय अधिवेशन प्रतिनिधि रहेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*