३८ देशमा फैलियो ओमिक्रोन

टुडे संवादाता
२०७८ मंसिर १८, शनिबार १५:११ गते

काठमाडौं/ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ३८ देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ३८ देशमा फैलिसकेको बताएको हो । उसले अहिलेसम्म ओमिक्रोनबाट कसैको ज्यान भने नगएको बताएको छ । यो अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिइरहेको छ । तर यो कति खतरनाक छ भन्ने बारेमा यकिन हुन अझै समय लाग्नेसमेत डब्ल्यूएचओले बताएको छ ।

पछिल्लो समय ओमिक्रोन क्यानडामा १५ जनामा पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ५० वर्ष माथिकालाई बुस्टर डोज दिनुपर्नेसमेत बताएको छ । दक्षिण अफ्रिकाबाट यो ओमिक्रोन फैलिन थालेको हो । अहिले दक्षिण अफ्रिकामा बालबालिकामा बढी नै फैलिइरहेको छ । ५ वर्ष भन्दा कम उमेरका बालबालिका यसको चपेटामा बढी परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*