हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित राप्ती खोला नजिकैको पाल मुनि बस्दै आएका श्यामबहादुर थापा र कल्पना थापाको दम्पतीलाई समजसेबी एबम युवा ब्यबसायी राजाराम बोगटिको पहल र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडा -१५ रातोमाटे स्थित दिव्यसेवा निकेतन जेष्ठ नागरिक आश्रम स्थलमा पुर्याएको छ ।
केही दिन अघि हेटौंडा टुडे अनलाईन पत्रीकामा प्रकाशित थापा दम्पतिको रोगले भन्दा भोकले मर्ने भैयो भन्ने समाचार सार्वजनिक भए पछि धेरैले सहयोग गर्ने अबिप्रायले हेटौंडा टुडेसङ थापा परिवारलाई सहयोग गर्ने ईच्छा ब्यक्त गर्नु भएको थियो ।
करिब १२ वर्षदेखि त्यस ठाउमा पाल मुनि बस्दै आएको थापा दम्पतीलाई हिजो (शनिबार) “रोगले भन्दा भोकले मर्ने भो” भन्ने खबर टुडेमा प्रकासनपछि आफुहरु थापा परिवारलाई सहयोग गर्न ईच्छुक भएकोले समाजसेवि एबम युवा ब्यबसायी बिकेसलाल श्रेष्ठले
शनिबार ओडने ओछ्याउने खाधन्न , तरकारी तथा भाडाकुडा गरि करीब १२ हजार बराबरको राहत स्वरुप सहयोग गर्नु भएको थियो । साथै अर्का युवा व्यावसायि तथा समाजसेबी राजाराम बोगटिले थापा परिवारलाई राहत सहयोग स्वरुप नगद ५ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो ।
आफुले थापालाई सानै बाट चिनेको र हेटौंडा ५ नम्बर वडाबासी भएका थापा हेटौंडामै १२ बर्ष देखि यो अबस्थामा बसेको खबर पाउँदा आफू दुखी भएकोले थापालाई केही दिनमा नै हेटौंडामा कतै ब्यबस्थापन गर्ने बोगटिले हेटौंडा टुडेलाई प्रतिबद्धता गर्नु भएको थियो । जस अनुसार आज थापा दम्पतीलाई नगर प्रहरीको सहयोगमा दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आस्रमस्थलको संरक्षक सुनिता बाइजीलाई जिम्मा लगाएको हो। संरक्षक बाइजीका अनुसार आश्रममा हाल २५ जना वृद्ध वृद्धाहरु सेवा लिदै आएका छन । समाजसेबी एबम युवा व्यावसायि राजाराम बोगटी एकीकृत समाजवादी (एस) पार्टी सचिवाल सदस्य रहेका छन ।






















