हेटौंडा । मकवानपुरमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १५ जनामा गरिएको पिसिआर परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा २ जना हेटौंडा उपमहानगरपालिका र एक जना मकवानपुरगढी भित्रका रहेका छन् । यसैगरि,सोहि समयमा जिल्लामा २ जनाले कोरोना जितेका छन् ।
जिल्लामा हाल ३५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।
सेयर गर्नुहोस्






















