बकैया ११ मा ट्याक्टर दुर्घटना, २ जना गम्भिर घाईते, ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खस्यो
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका स्थित सिमातमा ट्याक्टर दुर्घटना हुँदा २ जना गम्भिर घाईते भएका छन् । मकवानपुर प्रहरीका अनुसार बुधबार कान्तिलोकपथ अन्तर्गत बकैया–११ को सिमात घुम्तीमा ठिंगनबाट हेटौंडा तर्फ आईरहेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खस्दा २ जना गम्भिर घाईते भएको हो । प्रहरीले गम्भिर घाईते भएका २ जनालाई उद्धार गरी उपचारको लागि हेटौंडा ल्याईएको छ । घाईतेहरु द्वयको हाल सम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed