आइतबार सुनको मूल्य स्थिर

हेटौडा टुडे
२५ पुष २०७८, आईतवार ११:५२

हेटौँडा/ आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*