हेटौँडा/ मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।प्रदेशको नाम मधेस र राजधानी जनकपुर कायम भएको उपलक्ष्यमा प्रदेश सरकारले मंगलबार९आज० सार्वजनिक बिदाको दिएको हो।
प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन।प्रदेश सभाको सोमबार बसेको बिशेष बैठकले प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम बहुमतले पारित गरेको थियो।
सेयर गर्नुहोस्






















