मकवानपुरमा कोरोना संक्रमितको संख्यामा वृद्वि

हेटौंडा टुडे
४ माघ २०७८, मंगलवार १२:४१

हेटौँडा/ मकवानपुर जिल्लामा पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमण दैनिक रुपमा बढ्दै गएको छ । पछील्लो एक साताको तथ्याङकलाई हेर्ने हो भने कोरोना संक्रमण दर निकै बढेको छ । हेटौंडा लगायत मकवानपुरका दश वटै स्थानीय तहहरुमा कोरोना जाँच गराउनेको सख्या पनि बढ्दै गएको छ । संक्रमण दर कम गराउनका लागि स्थानीय प्रशासनले कडाइ गरेपनि बजारमा भीड कायम हुँदा यो समस्या झनै बढेर गएको छ ।

हेटौंडाको गोरक्षश्वरमा गरिने पीसीआरमा नमुना संकलन पनि धेरैनै हुने गरेको छ । जाँच गराउँदा कोरोना देखिने क्रमपनि बढेर गएको स्वास्थ्यकर्मीहरु बताउँछन् । हेटौडामा मात्र हिजो साँझ समेत गरि २ पटक प्रकाशित नतिजा अनुसार १ सय ४४ जना पीसीआर परिक्षणबाट र एन्टीजिन तर्फ ६७ जना गरि एकै दिन २ सय ११ जना कोभिड–१९ बाट संक्रमित पुस्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो ।

यो २ बर्षको सबैभन्दा धेरै संक्रमण पुस्टि भएको रेकर्ड रहेको उहाँले बताउनुभयो । यसबाट कोभिड सक्रमण हालको अबस्थामा झन्डै ६० प्रतिशत भन्दा बढी व्यक्तिमा संक्रमण रहेको ईपीडेमियोलोजीको दृस्टीकोणले अनुमान लगाउन सकिने उहाँले बताउनुभयो । परीक्षणमा दैनिक संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*