मकवानपुरका २३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि

हेटौंडा टुडे
४ माघ २०७८, मंगलवार १५:३३

हेटौँडा/ मकवानपुरमा पछिल्लो एक हप्ताभित्र २३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यलय मकवानपुरका अनुसार जिल्ला भित्र हाल २३ जना स्वास्थ्यकर्मी सक्रिय संक्रमित रहेका छन् ।

कार्यलय अनुसार सबैभन्दा बढी मनहरी गाउँपालिका भित्रका १३ जना स्वास्थ्यकमी,हेटौंडा उपमहानगरपालिका भित्रका ८ जना र स्वास्थ्य कार्यलय मकवानपुरका २ जना गरी २३ जना जना रहेका छन् । उनिहरु हाल सबै आफ्नै घरमा उपचारत रहेका छन् ।

जिल्लामा आजको दिनमा ६ सय ५१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*