हेटौँडा/ आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका लागि २ जना दाबेदार देखिएका छन् । शुक्रबार बसेको वडा कमिटीको बैठकले अध्यक्षमा प्रकाश पौडेल, गौतम केसीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
पार्टी वडा कमिटीका अध्यक्ष बलराम मिश्रको अध्यक्षतामा बसेको बैठकमा वडा सदस्यमा खुलातर्फ जीवन शर्मा र बिष्णु रानाको नाम सिफारिस गर्ने निर्णय भएको हो । महिला वडा सदस्यमा भने रन्जना श्रेष्ठ र कमला पौडेलको नाम सिफारिस भएको छ । यता दलित महिलातर्फ भने कमला मिजारको नाम सर्वसम्मत सिफारिस गरिएको हो । वडा कमिटीबाट सिफारिस भएको नामलाई नगर कमिटीले टुंग्याउने बताइएको छ ।
सेयर गर्नुहोस्