हेटौडामा रहेको सजिलो प्याथल्याब गैर कानुनी ढंङ्गले संचालित / तत्काल कार्वाही गर्न नागरीकको आग्रह

हेटौंडा टुडे
१६ जेष्ठ २०७९, सोमबार १२:५८

पौष २० , हेटोडा

प्रदेश तिनको राजधानी हेटौडामा पछिल्लो समय गैर कानुनी ढङ्गले ल्याब तथा प्रयोगसाला संचालनमा रहेका छन । राज्यको निती नियमलाई नै अटेर गरी राज्यको संबन्धित निकायले तोकेको मापदण्ड विपरित ल्याव हरु संचालनमा रहेको खुलसा भएको हो ।हेटौडा प्रदेश तिनको राजधानि हुदै गर्दा हेटौडामानै गैरकानुनी ढङ्गले यस्ता संस्था संचालन हुनुले यस बिषयमा संबन्धित निकाय चनाखो रहनु पर्ने उपभोक्ता बादिहरुको आग्रह रहेको छ ।
हेटौडा उपमहानगर पालिका १ भिन्तुना पथमा रहेको सजिलो ल्याबपाथ अबैधानिक संचालन रहेको खुलसा हुनासाथ उक्त ल्याब तत्काल बन्द गरी आबश्यक कार्वाही गर्न हेटौडेली नागरिकले संबन्धित निकायको ध्यानाकर्षण गराएका छन । भिन्तुनापथमा संचालन रहेको ल्याब दर्ता विनानै संचालनमा रहेको छ । ल्याब संचालन अनुमती केन्द्रिय स्वास्थ्य प्रयोगशाला , प्रादेशिक प्रयोगशाला ले तोकिएको मापदन्ड पुरा गरे पछि मात्र स्वीकृति दिने गर्दछ तर हेटौडामा संचालित सजिलो प्याथल्यावले न प्रादेशिक ल्याव बाट अनुमती लिएको छ न केन्द्रिय प्रयोगशाला बाट नै तर पनि उक्त ल्यावले विना अनुमती नागरिकको स्वास्थ्यमानै खेलवाड गरी बिभिन्न परिक्षण गर्ने गरेको छ । नागरिकको स्वास्थयमा खेलवाड हुने गरी अबैधानिक रुपमा संचालन गरि नागरिकको स्वास्थयमा खेलवाड गरेका ले तत्काल उक्त ल्याब र ल्याव संचालकलाई आबश्यक कार्वाहीको लागी कानुनी मार्ग अबिलम्बन गर्ने उपभोक्तावादीले बताएका छन ।
हेटौडामा संचालित यस सजिलो ल्याबपाथ केन्द्रिय प्रयोगसालामा दर्ता नभएको र अनुमति समेत नपाएको केन्द्रिय प्रयोगशालाका सुचना अधिकारी राजेश गुप्ताले जानकारी दिनु भयो । यता प्रादेशिक ल्याब का निमित्त निर्देशक नारायाण कार्की ले पनि सजिलो ल्याबपाथ लाई कुनै अनुमति नदिएको र विना अनुमति संचालन रहेको भन्ने खवर प्राप्त भएका कारण तत्काल नियमन तथा निगरानि गर्ने निकायलाई आवश्यक कार्वाहीको लागी अनुरोध गर्ने बताउनु भयो । यता उक्त ल्यावका संचालक अमित आचार्य सित ल्यबा त गैरकानुनी रै छ नी भनेर प्रश्न गर्दा संचालक आचार्य भन्छन ल्यव जे जस्तो भए पनी समाचार प्रकाशन गरी बिज्ञापन गरिदिन आग्रह गर्छन । गैर कानुनी ढंङ्गले ल्याव संचालन गरी अझै गैर कानुनी जबाफ दिनुले ल्यव संचालक नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने मनस्थितीमा देखिएका छन ।
हेटौडामा गैरकानुनी रुपमा संचालनमा रहेको सजिलो ल्यावपाथलाई तत्काल नियमन नगर्ने हो भने आगामी दिनमा हेटौडाका नागरिकले दुख पाउने निश्चित रहेको छ । विना स्वीकृत संचालित सजिलो ल्यावपाथ संचालक बिरुद्ध ठगी अन्तरगत मुद्धा दायर गर्ने तयारी रहेको उपभोक्तावादीले बताएका छन । यस बिषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले तत्काल नियमन तथा निगरानी नगर्ने हो भने प्रशासन दवाबमा वा प्रभाव मा परेको सहजै अनुमान गर्न सकिने मकवानपुरे नागरिकले आरोप लगाएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*