हेटौंडा अस्पताल बिरामीहरुको उपचारकेन्द्र हो कि ! यातना केन्द्र ?
हेटौंडा/बागमती प्रदेशको राजधानीे हेटौंडाको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालको कार्य प्रणालीप्रति जनगुनासो बढेको छ ।जो कोही उपचारका लागी अस्पताल पुग्छन उनिहरुले उपचार पाउन सास्तीनै खेप्नुपर्ने अबस्था छ । स्वास्थ्य उपचारका मामिलामा निकै सुस्त र धेरै झनजटिलो रहेको भन्दै बिरामीहरुले सामाजिक संजालहरुमा चर्की आलोचना गरीरहेकाछन् । बिरामी भएर उपचारका लागी हेटौंडा अस्पतालमा बिहान ८ बजे पुगेका एक बिरामीले आफुले भोग्नु परेको समस्या सार्वजनिक गरेकाछन । बिहान ८ बजे अस्पताल पुगेका बिरामी टिकट काट्न लाईनमा बस्छन् । करीब २ घण्टा लाईनमा बसेपछि उनले टिकट पाउछन टिकट लिएपछि उनि डाकटरसंग चेकअपको लागी फेरी लगभग १ घण्टा लाइनमा लाग्छन । चेकअपपछि ल्याबको लागी बिल काट्ने लाइनमा फेरी एक घण्टा बस्नुपर्छ । बिल काट्ने लाइनमा २ घण्टा बिताएर काउन्टरमा पुगेपछि यसको बिल आज काटिदैन भोलि बिहान ८ बजे आउनुहोस भनेर भनिन्छ । भोलिपल्ट बिहानै हतार हतार गरेर अस्पताल आउँछ । बिहान ८ बजे लगभग एक घण्टाजति लाइनमा बसेर बिलकाटेपछि ल्याबको परीक्षणको लाइनमा लाग्नुपर्छ । परीक्षण सकेपछि ल्याबको रिपोर्टलिने लाइनमा लाग्नुपर्छ । यो रिपोर्ट लिनपनि करीब आधा देखी एक घण्टा कर्मचारीलाई कुर्नपर्छ । रिपोर्ट पाइए अब डाक्टरलाई रिपोर्ट देखाउने लाइनमा फेरी अर्को दुईघण्टा बस्नैपर्छ । कोहीकोही त निद्रा लागेर पेटीतिरनै बसिरहेको देख्न सकिन्छ । नाम कतिखेर आउला भनेर कुर्दाकुर्दा दिन बित्न नपाउदै जे होस डाक्टरकोमा … Continue reading हेटौंडा अस्पताल बिरामीहरुको उपचारकेन्द्र हो कि ! यातना केन्द्र ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed