प्रदेशको बजेटमा बकैया ११ र १२ को ८ योजना समेटिए

हेटौंडा टुडे
४ असार २०७९, शनिबार २२:०३

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेटमा बकैया गाउँपालिका वडा नं. ११ र १२ को ८ वटा योजनाहरु समेटिएका छन । प्रदेश सरकारबाट आगामी आर्थिक वर्षको बजेटमा बकैया ११ को दुई वटा योजना र बकैया १२ को ६ वटा योजना कार्यक्रम बजेटमा समेटिएको हो ।

प्रदेशको बजेटमा बकैया गाउँपालिकाको वडा नं. ११ मा खेल मैदान निर्माण गर्नका लागि १० लाख र भिमसेन दमार थली मोरङ्गे हुँदै आहाले मोटरबाटो जोड्नका लागि प्रदेश सरकारले १३ लाख रुपियाँ बिनियोजन गरेको छ ।

त्यस्तै वडा नं. १२ मा खोर भन्ज्याङ घले गाउँ रातोमाटो कोलखोप सडक स्तरउन्नतीको लागि २५ लाख, लिःल फङ युवा क्लव खेल मैदान निर्माणका लागि १५ लाख, तीन घरे खानेपानी निर्माणका लागि १२ लाख, चार घरे खानेपानी निर्माणका लागि १० लाख र ठिङ्गन हेल्थ पोस्टका लागि एम्बुलेन्स खरिद गर्न २० लाख रुपियाँ बजेट बिनियोजन भएको हो ।

बकैया ११ र १२ को योजना प्राथमिकतामा राखिदिएकोमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल र बागमती प्रदेश क्षेत्र नं. १ क का प्रदेश सांसद प्रेमबहादुर पुलामी छिन्तुलाई समाजसेवी तथा विकास प्रेमी नेता रुपेन घलेले बिशेष आभार प्रकट गरेका छन । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयका नीजि सचिव खेमराज भुजेल, नीजि सचिव गणेश भुजेल, युवा तथा खेलकुद मन्त्रालयका निजी स्वकिय सचिव पदम बहादुर तामाङ, नीजि सचिव देवनारायण चौधरीलाई पनि उनले आभार प्रकट गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*