साउन १ : आजबाट नयाँ आर्थिक वर्ष २०७९ / ०८० सुरु

हेटौंडा टुडे
१ श्रावण २०७९, आईतवार १०:५९

हेटौंडा।  नयाँ आर्थिक वर्ष २०७९÷८० आजबाट सुरु भएको छ । सरकारले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट पनि आजबाट कार्यान्वयनमा जानेछ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेट मार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागु हुन्छन् । साउनदेखि नै लागू हुने गरी सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने छ ।

सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्ने जानकारहरूको भनाइ छ । चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले आयकरको सीमा बढाएको छ ।
नयाँ व्यवस्था अनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । विवाहितको हकमा छ लाख रुपैयाँसम्म आयकर लाग्दैन । यद्यपी आफ्नो आम्दानीको एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनु पर्नेछ ।
आजदेखि पहिलो पटक विद्युती्य सेवा कर पनि लागु हुँदैछ । यसका लागि विद्युतीय सेवा कर कार्यविधि, २०७९ तयार भएर कार्यान्वयनको चरणमा छ । यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सकरको दायरामा आएका छन् । यसअघि १३ प्रतिशत रहेको सेवा शुल्क नयाँ आर्थिक वर्ष सुरु भएसँगै १० प्रतिशत कायम गरिएको छ । नेपालमा बसेर विदेशमा आउट सोर्सिङ गरेर आम्दानी गरेबापत करयोग्य आयमा एक प्रतिशत कर बुझाउनुपर्नेछ । यो पनि नेपालमा पहिलो पटक लागु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*