बसको ठक्करबाट स्कुल हिँडेका बालकको मृत्यु

हेटौडा टुडे
६ आश्विन २०७९, बिहीबार ११:५६

हेटौडा । आज बिहान पृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले विद्यार्थीलाई ठक्कर दिएको हो। गजुरीको आदर्श माध्यमिक विद्यालयमा पढ्ने एक विद्यार्थीलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो।जेब्राक्रसमै बसले विद्यार्थीलाई ठक्कर दिएको स्थानीय बासिन्दाले बताएका छन्।

घटनापछि आक्रोशित स्थानीय र विद्यार्थीले पृथ्वी राजमार्ग अवरूद्ध गरेका छन्। साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*