बकैयामा ट्याक्टर दुर्घटना ; एक जनाको मृत्यु , दुई गम्भिर

हेटौंडा टुडे
२४ कार्तिक २०७९, बिहीबार ०९:२३

हेटौंडा । धरानचतरा सडक खण्ड अन्तरगत गए राति ट्क्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बकैया गाँउपालिका वडा नम्बर ४ छत्तिवनमा हेटाेंंडाबाट फापरबारि तर्फ जादै गरेको बा- प्र- ०३ -००१ त ३४१ नम्बरको ट्क्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्वर ५ बगेरि बस्ने २७ वर्षीय सत्यमान घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा परि  सबारि चालक अर्जून वाइृबा र दमाई सिंह सिङ्तान गम्भिर घाईते भएको मकवानपुर प्रहरिले जनाएको छ । घाइइते दुबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको अबस्था गम्भिर रहेको मकवानपुर प्रहरिले जनाएको छ ।

सम्पादकीय: मृतक सत्यमान घिसिङ हुनुपर्नेमा सिङ्तान भएकोमा सच्चाईएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*