हेटौंडा । मंसिर ४ अर्थात भोली हुने आमनिर्वाचनमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । कारागारका जेलर तिर्थराज पौडेलका अनुसार कैदीबन्दीलाई कारागारबाटै मतदान गराउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका २८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएको बताए । यसअघि, ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने भनिएकोमा कागजपत्र पुगेका २८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएको जेलर पौडेलले बताए ।
सेयर गर्नुहोस्