थाहा नगरपालिकाको एक कच्ची गोठमा आगोलागी हुँदा ५ लाखको क्षति

हेटौंडा टुडे
२०७९ पुष २६, मंगलवार १४:३४ गते

हेटौंडा| मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ६ डोच्चामा सोमबार अपराह्न एक गोठमा आगोलागी भएको छ ।

सोमबार अपराह्न ३ बजेको समयमा स्थानीय सरस्वती बलामीको ढुंगा र माटोको गारोमा टिनको छानो भएको कच्चि गोठकमा अचानक आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आगोलागीबाट गोठ पुर्ण रुपमा जलि क्षति, एउटा गाईको मृत्यु र एउटा बाछो घाईते हुँदा ५ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*