बकैया आधारभूत अस्पतालमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविर हुने

हेटौंडा टुडे
२०७९ माघ २९, आईतवार १२:१७ गते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ४,गरगरे स्थित बकैया आधारभूत अस्पतालमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविर हुने भएको छ ।

आउँदो फागुन २ गतेदेखि ४ गतेसम्म तीनदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर कार्यक्रम गर्न लागिएको आयोजक बकैया जेसिजका कार्याकारी उपाध्यक्ष जितेन्द्र दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा निःशुल्क आँखा जाँच, चस्मा जाँच र निःशुल्क मोतिविन्दुको शल्यक्रिया हुनेछ ।

जेसिजले गाउँपालिकाको आर्थिक सहयोग र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौंको प्राविधिक सहयोगमा शिविर गर्न लागेको हो ।

बकैया जेजिसले गाउँपालिकामा युवा व्यक्तित्व विकाससँगै विभिन्न सामाजिक सेवामूलक कार्यहरु गर्दै आएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*