त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगे  प्रधानमन्त्री प्रचण्ड

हेटौंडा टुडे
२०७९ चैत्र २, बिहीबार ११:३९ गते

हेटौंडा|  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाल र यूएई बिचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् ।

नेपाली क्रिकेटरलाई हौसला प्रदान गर्न र विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*