बकैयामा आगलागी हुँदा एक घर जलेर नष्ट

हेटौंडा टुडे
२०७९ चैत्र ६, सोमबार १६:३४ गते

हेटौंडा |बकैया गाउँपालिका वडा नम्वर ७ घमनटोलको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । शनिबार राति स्थानीय ६२ वर्षीय बलबहादुर राईको कच्ची घरमा टुकी बत्तिबाट आगलागी हुँदा घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा भएको नगद, अन्नपात, लत्ताकपडा र एकवटा बाख्रा जलेर नष्ट भएको भ भने कुनै मानवीय क्षति नभएको छैन । आगलागीबाट करिब एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*