पालुङ जेसीजको शुभकामना सहित भित्तेपात्रो प्रकाशन

हेटौंडा टुडे
१ बैशाख २०८०, शुक्रबार १९:३९

हेटौंडा । पालुङ जेसीज बर्ष २०२३को आयोजनामा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान संगै भित्तेपात्रो प्रकाशन गरिएको अध्यक्ष संगम कार्कीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले जेसीज असल नेतृत्व तयार गर्ने संस्था भएको बताउनुभयो । उहाँले नयाँ बर्ष २०८० को सबैमा शुभकामना ब्यक्त गर्नुभयो ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्ष सानोभाई कार्की, रामप्रसाद ढकाल, नवराज लामा लगायतको आतिथ्यता रहेको थियो ।

पालुङ जेसीज बर्ष २०२३का कार्यकारी उपाध्यक्ष अन्जय प्रधानले संचालन गर्नुभएको कार्यक्रममा जेसीजका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेकोे थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*