हेटौंडा| शनिबार राती बकैया २ तिनथुम्केमा स्थानीय सरस्वती अधिकारीको गोठमा आगो लागी हुँदा केही चौपायाफो जलेका छन्।
निजगढमा रहेको सुन्दरी सामुदायिक बनबाट सल्किदै आएको आगो गोठमा सल्कदा गोठमा भएको २ वटा गोरु,१ वटा बाच्छी जलि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।आगो स्थानीयको सहयोगमा २ घण्टापछी नियन्त्रणमा आएको र आगलागी बाट दुई लाख० बराबरको क्षति भएको प्रहरीले बताएको छ।
सेयर गर्नुहोस्






















