बाल अधिकारका हरेक सवाल हाम्रो दायित्व: धर्म लामिछाने

हेटौंडा टुडे
१२ बैशाख २०८०, मंगलवार २०:३२

हेटौंडा । बालअधिकारको संरक्षण गर्न सम्पुर्ण सरोकारवालाहरु एकवद्ध भएर अभियानमा जुट्नुपर्नेमा जोड दिइएको छ।
बकैया गाउँपालिकाले आयोजना गरेको बाल अधिकारका विषयमा प्रशिक्षक प्रशिक्षण तालिमको समुद्घाटनमा बोल्दै जनप्रतिनिधी, सामाजिक अगुवाहरुले यस्तो बताएका हुन् ।
बैशाख १२ गते देखि एक हप्ता सम्म संचालन हुने तालिम समुद्घाटन कार्यक्रममा बोल्दै बकैया गाउँपालिका अध्यक्ष धर्म राज लामिछानेले १८ बर्ष सम्मका बालबालिकाको बाल संरक्षण, बिकास, सहभागिता र बाल बचाउका हरेक सवाल हामि सबैको दायित्व भएको बताउनु भयो।
कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले पालिका भित्र बढ्दो बालबिवाहका सवालमा फरक ढङ्गले अघि बढ्नु पर्ने र बालबालिकामा बढ्दो दुर्ब्यसनीका सवालमा चिन्ता प्रकट गर्नु भयो ।
कार्यक्रममा बकैया गाउँपालिकाका प्रशासकिय अधिकृत महेश श्रेष्ठले प्रशिक्षक प्रशिक्षण तालिमले स्थानिय तहमै बालाधिकारका बिषयमा सहजकर्ता उत्पादन गर्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा सहजकर्ता रास्ट्रिय बाल संरक्षण मन्चका अध्यक्ष प्रकाश खतिवडा तथा सन्चारकर्मी आशिष दुलाल, बकैया कार्यपालिका सदस्य लक्ष्मि माझि लगायतकाको उपस्थिती थियो ।
बकैया वडा नं ३ अध्यक्ष भुवन शिंह घलानको सभाधक्ष्यतामा सम्पन्न औपचारिक कार्यक्रममा सामाजिक बिकास इकाई प्रमुख होम कुमारी सन्जेलले सहभागिलाइ स्वागत गर्दै तालिमको उदेश्य माथि प्रकाश पार्नु भयो।
तालिममा बकैया गाउँपालिकाका बिभिन्न वडाका जनप्रतिनिधी , कर्मचारी, बालमैत्री सहजकर्ता गरि २० जना सहभागि भएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*