एएफसी यू-१७ महिला एसियन कप छनोटमा नेपाल इरानसँग पराजि

हेटौंडा टुडे
२०८० बैशाख १४, बिहीबार ०९:५६ गते

हेटौंडा| जोर्डनमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटमा नेपाल इरानसँग पराजित भएको छ ।

समूह एच अन्तर्गतको खेलको ८१ औं मिनेटमा ईरानले गोल गर्दा नेपाल पराजित भएको हो ।

जोर्डनको प्रिन्स मोहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपाललाई १-० ले पराजित गर्न ईरानकी एरिसा कुह गार्डले गोल गरिन् ।

अब नेपालले दोस्रो खेल शुक्रबार आयोजक जोर्डनसँग खेल्ने छ। यस समूहमा नेपाल,  जोर्डन र इरान रहेका छन् । समूह विजेता टिमले छनोटको दोस्रो चरणमा खेल्न पाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*